बिहिबार , मंग्सिर ६, २०८१

विश्वकाेट (कथा)

UNO ले बाहुनल्याण्डमाथि अमानवीय गतिविधि बढेकोले नाकाबन्दी गर्ने चेतावनी दियो । दलितपुरबाट जनयुद्ध सुरु ! कथित माथिल्लो जातका मानिसलाई भाटे कारबाही चेतावनी दिने लेखिएका पम्पलेट्स भेटियो ।

image

यो बिबिसी विश्वकाेट सेवा हो । अब सुन्नुहोस् प्रमुख खबर । मंगलग्रहमा विश्वकाेटे वैज्ञानिकले गाडी कुदाउन सफल भएका छन् । विश्वकाेटले आठौँ पटक विश्वकप उचाल्न सफल भएको छ । देशको आर्थिक वृद्धिदर १०% बाट १७.७% पुगेको छ । रेडियो टेलिभिजनमा बज्ने, पत्रपत्रिकामा छापिने यस्ता समाचारले विश्वकाेटका राजा छाँयानाथ दमाईंको मुहारमा खुसी ल्याएको थियो । राजासँगसँगै यस्ता विजयका  खबरले जनता पनि एकदम खुसी थिए ।

राजा छायाँनाथको पुरानो सपना त्यसदिन साकार भएको थियो । विश्वकाेट अन्य राष्ट्रभन्दा सबै क्षेत्रमा एककदम अगाडि जो थियो । राजाको चाहाना र जनताको साथले आजकाे प्रतिस्पर्धी युगमा विश्वकाेट विश्व विजेता भएको थियो । उक्त हर्ष र विजयले विश्वकाेटका घरघरमा दीप प्रज्वलन गरिएको थियो । अकाशमा आतिसबाजि देखिन्थ्यो ! रङ्गीबिरङ्गी पटाकाले कालो रातलाई झिलिमिली बनाएका थिए । औँसीको रातमा चन्द्रमा उदाए जस्तो । सडकमा मानिसहरू विश्वकाेटकाे झण्डा फहराएर उत्सव मनाउँदै थिए ,त्यस दिन । नाच्दै थिए, गाउँदै थिए, विश्वकाेट जिन्दावादकाे नारा लगाउँदै थिए ।

राजा छाँयानाथ दमाईले साझा १७ बजे देशवासीको नाममा सम्बोधन गर्ने थिए । रेडियो टेलिभिजन र अनलाइन मिडियाले राजाबाट गरिने सम्बोधनलाई ब्रेकिङ समाचार बनाइसकेका थिए । अक्सर विश्वकाेटकाे प्रत्येक जितमा राजा जनतालाई सम्झिन्थे । जनताको साथ सहयोग र सहृदयलाई हृदयदेखि धन्यवाद दिन्थे ।

दमाई राजाको व्यक्तित्व गजबको थियो । सुमधुर स्वर,अग्लो कद, गोरो वर्ण, निला आँखा, लाम्चो मुहार, जिउँडाल त्यस्तै लाेभलाग्दाे, मुस्कान त्यस्तै सोझै घायल बनाउने । शरीरमा सेता दौरा सुरुवाल, सेतो कोट, सिरमा फेटा, घाँटीमा मोतीको माला र हातमा बेतको लट्ठी हुन्थ्यो । दमाई राजा हुक्काका अमली थिए, हुक्का नभई नहुने । सभा समाहराे, भेला, गोष्ठी बैठकमा पनि हुक्का अनिवार्य हुन्थ्यो । त्यसको लागि सधैँ एकजना हुक्का, नलि र तमाखु सहित तयार हुन्थ्यो । हुक्का तयारीको  जिम्मा बाबुकाजी श्रेष्ठको हुन्थ्यो । बाबुकाजीकाे काम भनेको राजालाई हुक्का तयार पारेर दिने थियो । उनलाई तमाखु कति हाल्ने, कुनकुन बेला कुन स्वादको सुर्ती हुक्कामा राख्ने, सबै थाहा थियो । उनी सधैँ राजाको साथमा हिँडेकै हुन्थे ।

चिलिम वरिपरि चाँदी र सुनले मोडेको थियो, नलि भने पन्चधातुले बेह्रेको थियो । टाढाबाट हेर्दा सर्प झैँ देखिन्थ्यो नलि । हुक्काको चिलिम भने ठुलो थियो, कम्तीमा एक माना तीनपाते तमाखु अट्ने थियो । राजाको तमाखु खाने सवालमा अनौठो बानी थियो । उनी बार अनुसार भिन्नभिन्न स्वादका सुर्ती   सेवन गर्थे । तर हुक्का तान्न भने कहिले एक्लै पिउँदैन थिए, साथमा हुक्के वेदकान्त हुन्थ्यो नै । ऊ बेलाबेलामा राजा साहब भन्दै हुक्का दिन्थ्यो । आफू पनि तान्थ्यो सुरुक्क सुरुक्क गर्दै ।

विश्वकाेटकाे भू-बनावट एकदम रोचक र लाेभलाग्दाे थियो । हिमाल पहाड तराई र समुन्द्री तट लस्करै मिलेका थिए । स्याँटलाइटबाट विश्वकाेटकाे चित्र हेर्दा सुनौलो बटुको भित्र राखिएको हिरारत्न जस्तो देखिन्थ्यो । हिरा जस्तो टल्कने जल, मणि जस्तै झल्कने हिमाल, राता अटुट मुगा जस्ता चट्टान, निलम जस्तो हरिया पर्वत, मोती जस्ता चामल उम्रने तराईका फाँट ।

भनिन्छ नाम अनुसारको काम हुँदैन, चरित्र हुँदैन, प्रभाव हुँदैन तर विश्वकाेटकाे सवालमा भने नाम जस्तै भाव थियो, काम र चरित्र थियो  । विश्वभरिका मानिस विश्वकाेटमा बस्न, पाइला टेक्नमात्र  लालायित हुन्थे । धेरै विदेशीको पहिलो प्राथमिकतामा विश्वकाेट थियो । अध्ययन, श्रम, उपचार तथा अन्य थुप्रै कामको लागि विश्वकाेट नै रोज्थे । कारण विश्वकाेटप्रतिकाे विश्वास, सुशासन, माया र सम्मान थियो । त्यसैले अन्य मुलुकका मानिस भन्ने गर्थे विश्वकाेट सम्पन्नता, विलासिता, मुस्कान र सदाचारको राज्य हो । सारा सृष्टिले यी मानक विश्वकाेट राज्यलाई त्यसै दिएका थिएनन् । विश्वकाेटकाे  अर्को  सबैभन्दा ठूलो परिचय  हर्ष थियो ।  यिनै कारणले अन्य राज्यबाट विश्वकाेट आउन  बस्न मानिस लालायित हुन्थे । र त राजाको राजलाई जनताले सहर्ष स्वीकार गरेका थिए ।

गगनचुम्बी घर, हरिया पार्क, फराकिला सडक, सडक किनारमा कलकल बग्ने नहर, नहरलाई आड दिन उभिएका रुख, नहर काखमा फुलेका रङ्गीचङ्गी बास्नादार फूलका बाग, चिसो मन छुने हावाले मानिसको मन मस्तिष्क त्यसै प्रफुल्लित हुन्थ्यो । सायद विश्वकाेटकाे यो रूप देखेर भगवान् लालायित हुन्थे होला । इन्द्रले अवश्य डाहा गर्थ्यो होला । मानिस त स्वभावले लोभी प्राणी लालायित नहुने कुरै भएन ।

विश्वकाेट राज्यका हरेक विकासका पूर्वाधार निकै आधुनिक थिए । सडक, संसार, शिक्षा र स्वास्थ्यको पहुँच पुरै राज्यमा सहज थियो । जनतामा अभाव दबाब कुनै हुँदैन थियो । रोजगारी पर्याप्त थियो । प्रतिव्यक्तिको मासिक आमदानी छ अङ्कको हुन्थ्यो । कलकारखानामा जनशक्तिको अभावको कारणले अन्य राज्यबाट श्रमिक ल्याउनुपर्थ्यो । सोही कारणले जनतामा लाेभलाग्दाे मुस्कान देखिन्थ्यो । संसारमै विश्वकाेटे मुस्कानको ठुलो चर्चा हुन्थ्यो ।  सुखी, विलासी राज्यको रूपमा चिनिन्थ्यो ।

एकदिन राजा सडक किनारमा  हुक्का तान्दै थिए । हस्याङफस्याङ गर्दै गुमाने बम राजाको खुट्टा ढाेक्दै प्रभु मलाई बचाउनु । मेरो जात गयो , साथ गयो । मेरी छोरी उमाकान्त झाकाे छोरोसँग भागी ! म बर्बाद भए हजुर । राजा झसङ्ग भए के भन्छ यो ? जात … के को जात गयो भनेर जुरुक्क उठे  ! हुक्का बाबुकाजीकाे हातमा थमाए । मोबाइल खानमा राख्दै मन्त्री अखबार सार्कीलाई तत्काल आएर उसको समस्या बुझ्नु भने । उताबाट  हजुर हुन्छ राजा साहब भने मन्त्रीले । राजा बगैँचातिर लम्किए । मन्त्रीले  सोधे, ऐ गुमाने के भयो तपाईँलाई ?  कस्तो जात के को जात । हाम्रो देशमा जातसात केही हुँदैन । यहाँ मानिसको केबल दुई जात हुन्छ, महिला र स्त्री, पछि शारीरिक र मानसिक परिवर्तन भए समलिङ्गी हुने चलन छ ! बस् यहीँ हो विश्वकाेटकाे चलन , मन्त्री सार्कीले बताए  ।

बैठक कक्षामा गुमाने बमलाई सोधपुछ गर्दै थिए मन्त्री अखबार । राजा बाहिरबाट सुन्दै थिए ।  घर कहाँ हो भनी पहिलो प्रश्न सोधे । समतानगर ! पहिले घर नि , जनैल्याण्ड … भन्यो गुमानेले  ! उनले पुनः प्रश्न गरे कति भयो विश्वकाेट आएको । गुमानेले १० वर्ष भयो भन्ने । अझै चालचलन थाहा छैन भनी मन्त्रीले बमलाई हप्काए । कपाल कन्याउँदै  गुमानेले छैन हजुर , हाम्रो जनैल्याण्डमा यस्तै चलन थियो । बुबा बाजेले यस्तै सिकाए हजुर  । हामी छोरी पनि आफ्नै जातकाे लाई मात्र दिन्छौँ । जात भन्दा माथि गए उसलाई बहिष्कार गर्छौँ ,उसले भन्यो । त्यो चलन तिम्रो देशमा छ होला । त्यस्ता कुसंस्कार आफ्नै देशमा छोड्नुपर्थ्यो । यहाँ जातको कुरा चल्दैन ।  यहाँ सिप सुशील र शिष्टता चल्छ । विश्वकाेटमा जात चल्दैन ! काम चल्छ, बुझ्यौँ । भलै हाम्रो नामको पछाडि थर देख्छौँ होला तर त्यो थरकाे कसैसँग केही सम्बन्ध छैन । यो विशुद्ध आफू खुसी राख्न पाइन्छ । मैले सार्की राखे, मेरो पुर्खा सर्कान क्षेत्रबाट आएको भएर ।

कुराकानीबिच राजा छायाँनाथ दमाई बैठक कक्षमा पुगे । के भयो मन्त्रीज्यू, केही भने बमले ? हजुर सोध्दै छु,अखबरले उत्तर दिए । झुक्किएर राजाले पुनः  घर कहाँ रहेछ सोध्नुभयो अखबार ! उनले भने, उहाँको घर बाहुनल्याड हो रे । ऐ जनैल्याण्ड राजाले थपे ।

राजाले घुमानेकाे अनुहार एकछिन हेरे । शिरदेखि पाउसम्म मज्जाले नियाले । भित्र कोठा जाऊ भने राजाले । गुमाने बम पछिपछि लागे । भित्र कोठाको बत्ती अन गरे ।  दायाँ भित्तामा सजाँइएका तस्बिर हेर्न गुमानेलाई इसारा गरे । गुमानेले राजाको इसारा पछ्याउँदै , हेरे  । एकएक गर्दै हेर्नु राजाले भने  ! हुन्छ हजुर भन्यो गुमानेले । के देख्यौँ त भनी पुनः प्रश्न गरे राजाले ! गुमानेले राम्रो देखे हजुर, यी देखाइएका तस्बिर हाम्रै विश्वकाेटका हुन् । अब उता बायाँतिरका तस्बिर हेर भने  ! गुमानले मुन्टाे ढल्काएर हेर्न थाल्यो, उनी एकछिन मौन रहे ! जनैल्याण्ड लेखिएको थियो उक्त भागमा, गुमानेकै देशका फाेटा  थिए । झुत्रा झुपडीले भरिएको बस्ती, गरिब, भाेकमारी, कुशासन, आन्तरिक युद्ध, अन्याय अत्याचार र बेथितिले थलिएको चित्रण ती तस्बिरमा देखाइएको थियो  ।  जनैल्याण्डकाे आजकाे अवस्था ती तस्बिरमा चित्रण गरिएको थियो  । तस्बिर हेरेपछि गुमाने रोए ,आफ्नो जन्मभूमिको अवस्था देखेर, मुन्टाे निहुँराए  । जनैल्याण्डका ती तस्बिर देखेपछि जसको पनि आँखा रसाउने खाल्का थिए । गुमानले जस्तो छोडेर आएका थिए, जनैल्याण्ड आजसम्म त्यस्तै रहेछ । गुमाने सुकसुक गर्दै थिए ।

राजाले  टिभी अन गरे, बाहुनल्याण्ड टिभी देखाए । समाचार आउँदै थियो । ल सुन केके हुँदैछ तिम्रो बाहुनल्याण्डमा हेर भने । गुमानेले केही उत्तर दिएन । अबुझपुरमा पाण्डे समुदाय र आचार्य समुदायको हानाहान शीर्षक समाचार सुनियो । मुर्खनगरमा जातको आधारमा प्रेमीको निर्मम हत्या । UNO ले बाहुनल्याण्डमाथि अमानवीय गतिविधि बढेकोले नाकाबन्दी गर्ने चेतावनी दियो । दलितपुरबाट जनयुद्ध सुरु ! कथित माथिल्लो जातका मानिसलाई भाटे कारबाही चेतावनी दिने लेखिएका पम्पलेट्स भेटियो । राजाले टिभी बन्द गरे ,सोधे के थाहा पायौँ । कस्तो रहेछ तिम्रो बाहुनल्याण्ड । हाम्रो मुलुकमा यो कदापि चल्दैन । तिमी कारबाहीमा परिसकेका छौँ । राजाले पुनः यहाँ, आफ्नो इच्छा अनुसार थर राख्न पाइन्छ । थरसँग मानिसको व्यक्तित्वको केही सरोकार हुँदैन । हामी सबैका थरमा तिमी झुकियौँ होला । यी थर हाम्रा रहरका हुन्, नकि बाहुनल्याण्डकाे बाध्यता जस्तो ।

राजा एकछिन भावुक भए । भने, म तिम्रै देशको अछुत हुँ । मेरो पुर्खा जनैल्याण्डकै थिए । त्यहाँ छउन्जेल मेरो पुर्खालाई तिमीहरूले यस्तै विभेद गर्याैं होला । अमानवीय गतिविधि गर्याैं होला । मार्याैै काट्यौँ बगायौँ होला । सय वर्ष अघि जे परम्परा थियो, आज पनि त्यहीँ छ । पहिला शिक्षा थिएन ! चेतना थिएन । विश्व भूगोलसँग सम्बन्ध थिएन । अब त सबै छ । कस्ता पशु हुन् । कस्ता पापी हुन् । मान्छे मान्छेबिच विभेद गर्ने । यहीँ कुसंस्कारले जनैल्याण्डकाे भलो कहिल्यै हुँदैन । विकासभन्दा विनाश पक्का हुनेछ । हेर गुमाने तिम्रो देशको अछुतले के गर्न सक्दैन । मलाई तिमीहरूकाे जस्तो  जातले राजा बनाएको होइन । मेरो कर्म , जनताको साथ र सकारात्मक सोचले आज  विश्वकाेटकाे राजाको उपाधि दियो  ! यो सब समता समता र सामाजिक स्वतन्त्रताका उपहज हो । हामी पछि परेकालाई धकेल्दैनौँ बरु तान्छौँ, सहज बाटो खन्छौँ, उसलाई योग्य बनाउँछौँ । जातको घिनलाग्दो पगरी दिँदैनौँ ।

विकास समृद्धि त्यतिकै हुँदैन । सबै एक हुनुपर्छ , सम्मान हुनुपर्छ अनि मात्र देशको हित हुन्छ । राजाले  मन्त्री अखबरलाई गुमानेलाई तुरुन्तै कार्यवाही होस् भनी सिफारिस गर्नु भने । आज देशको नाममा सम्बोधन राख्नु पनि थपे !  मन्त्री अखबरले हुन्छ हजुर भने ।

राजाले सम्बोधन गरे । टेलिभिजन तथा अनलाइन टिभी र सामाजिक सञ्जालमार्फत सम्बोधन प्रत्यक्ष प्रसारण गरिएको थियो । सुरुमै राजाले सबैसँग क्षमा मागे । हाम्रो देशमा जातवादी भाइसका अवशेष अझै जीवित रहेछन् । मैले त्यसप्रति ध्यान दिन सकेको रहेन छु । यसको निम्ति मलाई माफी दिनुस् । यो मेरो भूलचुकले आजकाे युगमा  मानवताविरोधी व्यवस्था हाम्रो देशमा जीवितै रहेछ । यो पाप अपराधले भरिएको व्यवस्थाले हाम्रो देशमा स्थान पाएको रहेछ । म सबैलाई के अनुरोध गर्छु भने, जस-जसले यस्तो कुप्रथा अभ्यास गर्छ वा कसैले देखेको छ । कृपया आजकाे मितिदेखि लागू हुनेगरी त्यस्ता जातवादी मानसिक रोगीलाई तुरुन्तै सामाजिक परामर्श केन्द्रमा जान आग्रह गर्ने वा आफै पुर्‍याउने काम गरिदिनु होला । त्यहाँ उनीहरूको मस्तिष्कबाट जातवादी जीवाणुको अन्त्य गरिनेछ। त्यसको साथसाथै  उचित परामर्श हुनेछ । परामर्श १३ दिन चल्नेछ । त्यसको  लगत्तै १३ दिन आफूले गरेको पाप अपराध पखाल्नको लागि बाहुनल्याण्डमा समता सामाजिक स्वतन्त्रता  र समानताको कार्यक्रम चलाउनुपर्छ भन्दै  राजाले कार्यक्रम अन्त्य गरे ।

कार्यक्रमकाे अन्त्य लगत्तै राजाले गुमाने बमलाई आजाद नगर लिएर गए । प्राचीन दमाई टाेल घुमाए । विशाल नगरा देखाउँदै भने मेरो पुस्ताकाे इतिहास धेरै पहिले बाहुनल्याण्डमै थियो । त्यहाँ मेरा पुर्खा तिमीहरूका अछुत थिए । जातकै कारणले कैदी थिए, पर बस्नुपर्ने, छुवाछूत सहनुपर्ने, प्रेमीकाे हत्या हुने । कस्तो समाज,आँसु पुछ्दै भने । अर्कोतिर बडेमानकाे तरबार देखाए, याे प्रतीक मेरो पुर्खालाई जित दिलाउन कामी विरहरुकाे आविस्कार हाे । हामीले विश्वकाेटकाे रक्षामा यसमा न्यूकिलिएर जडान गरेका छाैं । ऊ पर हेर अन्तर्राष्ट्रिय ब्रान्डको जुत्ता “जित “यसको डिजाइन हाम्रै देशका गहना विमल अनमाेल हुन् । संसारका प्रसिद्ध फेसन शो’मा, ठूलाठूला राजनेता यहीँ लगाउँछन् । उता डाँडामा हेर, सारङ्गी, ग्रामी अवार्ड याे विना अधुरो छ । यी सबै हाम्रा विभूति हुन् । तर तिम्रो देशका अछुत थिए । हामीले साेच बदल्याैं । आज एक छाै , समृद्ध छाैं । तिमीहरूले केही बदलेनाैं, आज के छ अवस्था ? तिमीहरूको हठ हेर ! नत्र हत्या हिसां र अपराध किन  बढ्थ्याे ?

मन्त्री अखबर,भाेली तुरुन्तै न्यायाधीश जिवक वादीलाई बाेलाउनु । यसमा व्यापक छलफल गर्नुपर्छ राजाले भने । अनि गुमाने बमलाई परामर्श केन्द्रमा पुर्‍याउने वातावरण मिलाउनुस् थपे । हस्, मन्त्रीले भने । मन्त्री  भाेलीकाे चाँजोपाँजो मिलाउनतिर लागे । सचिव रामप्रित चमारलाई बाेलाएर गुमानेलाई जिम्मा लगाए । रामप्रतिले गुमानेलाई विज्ञकाे अफिसमा लगेर बुझाए  । उसको समस्यामा परामर्श दिन अनुरोध गरेपछि उनी आफ्नो कार्यलयतिर गए ।

भाेलिपल्ट न्यायाधीश जिवक, राजा र  मन्त्रीकाे बैठक बस्यो । न्यायाधीशले चार जना ऐमिकस क्युरीलाई भने, ल भन्नुस् जातवादी मान्छेलाई केकस्ता सजाय दिनसकिन्छ ? कस्तो व्यवस्था बनाउन सकिन्छ ? याे मानवताविरोधी कार्य निरुत्साहित पार्न के गर्नुपर्छ , न्यायाधीशले भने ? ऐमिकस क्युरीकातर्फबाट स्नेहा रविले भनिन् । यस्ता उपराध अभ्यास गर्नेलाई सुरुमा चेतावनी दिने त्यसपछि चेतना दिने त्यसले भएन भने आजीवन कारावास गर्ने । हाम्रो तर्फबाट यहीँ हाे राजाज्यू भनिन् । के छ मन्त्रीज्यू, न्यायाधीज्यू, राजाले साेधे । उनीहरू सबैले  ठिक छ भने । लगत्तै राजाले यी बुँदालाई ऐन बनाउन आग्रह गरे र बैठकलाई टुङ्याउन अनुरोध पनि  ।

यता,तेह्र दिनपछि सबै जातवादी पिडकलाई राजाले दरबारमा बाेलाए । केकस्ताे भयो परामर्श केन्द्रमा गएर भनी प्रश्न गरे । गुमाने बमले रुदै भने, राजाज्यू म पापी रहेछु, अपराधी रहेछु मेरो साेच घटिया रहेछ । म यस्तो कुप्रथा अभ्यास गर्दै रहेछु, जसले म जस्तै मान्छेलाई विभेद गर्न सिकाएको रहेछु । म अब परिवर्तनको सम्बाहक बन्नेछु । ल ठिक छ, राजले सबैलाई सम्बाेधन गर्दै  भने अब तपाईंहरूले गरेकोे गल्ती अरुले नगराेस्, याे मानवताविरोधी कुसंस्कार पखाल्न, पुन: तपाईंहरू सबै बाहुनल्याण्डमा जानुस् र विश्वकाेटले सिकाएकाे समता समानता र सामाजिक स्वतन्त्रता सिकाउन आग्रह गरे । सबैले ताली बजाएर, राजाको आग्रहकाे स्वागत गरे । अचानक गुमानले विश्वकाेट जिन्दावादकाे नारा लगाए । सहभागी सबैले साथ दिए ।

बाहुनल्याण्ड जाने टाेलीकाे नेतृत्व गुमाने बमले गरेका थिए । बाहुनल्याण्ड र विश्वकाेटकाे भाषा, भेषभूषा, सभ्यता मिल्थ्याे । तर संस्कार र चेतना भने ठ्याक्कै उल्टो थियो । गुमाने बाहुनल्याण्डकाे बेकुफ नगरकाे भेलालाई  सुनाउँदै थिए, ध्रवसत्यकाे “जातको जन्म र मृत्यु” चिन्तन । भन्दै थिए हामी सबैकाे जात मरिसकेको छ ।  अहिलेकाे आधुनिक समाजमा  जातका कुरा गर्नुभनेकाे अपराध गर्नु हाे । विवेकहीनता प्रदर्शन गर्नु  हाे । जातकाे जालाेले समाजलाई तहसनहस गर्छ । भाइभाइमा विभाजन ल्याउँछ । आज बाहुनल्याण्डकाे अवस्था के छ ? कारण खाेतल्दै जानुस् , यहीँ जातवादी कुप्रथा प्रमुख कारण हाे । गुमानेले तयार पारेको भिडियो देखाए ।  भिडियो हेर्दै मानिसहरु रुन थाले । उसले रिमाेट चलाउँदै थप्याे अब हात तपाईंहरू छ । देश सिध्याउने कि बनाउने ? एकछिन पछी टिभी बन्द भयो ।

Tags:

सम्बन्धित समाचार