बिहिबार , मंग्सिर ६, २०८१

मर्यादित नाच के हो र के होइन भन्ने कुनै आधिकारिक नियम छ ?

धेरै आलोचकहरुले भने यस्ता नृत्य स्टेप्सले समाजमा अराजकता फैलाउने र भावी पुस्तामा गलत सन्देश जाने दाबी गरेका छन् । 

image

काठमाडौँ । अहिले टिकटकमा एउटा भिडियाे भाइरल छ । जुन गीत बलिउड फिल्म ‘बार बार देखाे’ काे चर्चित गीत ‘काला चस्मा’ हाे । जुन गीतमा २०१६ मा कट्रिना कैफले पनि नृत्य गरेकी थिइन् ।

गत मंगलबार, एक टिकटक प्रयोगकर्ता, प्रियंका ओलीले निजामती कर्मचारीको पोसाकमा रहेका ६ जना युवतीहरूको समूहले नाचेको भिडियो क्लिप अपलोड गरिन् । टिकटकमा पोस्ट गरिएको भिडियो छिट्टै अन्य सोसल मिडिया प्लेटफर्महरूमा पनि भाइरल बन्यो । फेसबुकमा मात्र उक्त भिडियोलाई ८५३,००० भन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा नीलो आकाशे कुर्ता, बैजनी सुरुवाल र सल लगाएका ६ जना महिला छन् । नृत्य गर्दा उनीमध्ये एकजनाले कालो चस्मा लगाएकी छन् । भिडियोमा एकजना महिला मर्किँदै नाचेको देख्न सकिन्छ- आफ्नो कम्मर माथि र तल गरेर ।

तर यो भिडियोमा अनेकै नराम्रा कमेन्टहरु आए । जुन कमेन्टले उनीहरूलाई विक्षिप्त बनायो । दुई दिनपछि दाङको बबई गाउँपालिकामा कार्यरत यी स्वास्थ्यकर्मी महिलाहरू भिडियो हटाउन बाध्य भए । टिकटक प्रयोगकर्ता ओलीले सुरुको भिडियो मेटाइन् र अर्को भिडियो अपलोड गरिन् । जुन भिडियोमा ‘समाजले तोकेको रेखा र आफ्नो मर्यादामा रहने खालको प्रतिज्ञा’ गर्दै दर्शकहरूसँग माफी समेत मागेकी छन् ।

भिडियोमा रहेकीमध्ये एकले धेरै अपमानजनक टिप्पणीहरू आफूहरूलाई आइरहेकाे बताएकी छिन् । धेरैजसो टिप्पणीहरू ‘उनीहरूलाई कामबाट हटाउनुपर्छ’ भन्ने खालका थिए । ‘यस्ता महिलाले कसरी सेवा दिन्छन् ? माफी माग्नुपर्छ समेत मानिसहरूले भनिरहेका छन् ।

दाङका स्वास्थ्यकर्मीको समूहजस्तै धेरै नेपाली महिलाले अहिले त्यही ‘काला चस्मा’ गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । ‘समाजिक मूल्य मान्यता र संस्कारका स्वघोषित मसिहा’हरु समेत यो विषयमा छुद्र टिप्पणी गर्नेमा अछुतो नरहेको लैंगिक विशेषज्ञहरूले बताएका छन् ।

महिलाहरूले गरेको नृत्यमा छुद्र टिप्पणी गर्नेहरुमा आफूलाई नैतिकताको संरक्षक ठान्ने अधिकांश पुरुषहरू छन् । उनीहरूले चरित्र हत्या मात्र गरेका छैनन् कि आगामी वर्षहरूमा हिन्दू चाड ‘तीज’ नै रद्द गर्ने सार्वजनिक धम्की समेत दिएका छन् ।

विज्ञहरुका अनुसार महिलाका नृत्यहरूप्रतिको पछिल्लो आपत्ति ‘महिला स्वतन्त्रता नियन्त्रण’ गर्न जारी प्रयास मध्येको एक हिस्सा हो । ‘जब महिलाहरू आफ्नै शैलीमा तीज मनाउने प्रयास गर्छन्, पुरुषहरूले महिलाहरूलाई नियन्त्रण गर्न चाहन्छन् भन्ने तर्कहरू पनि आइरहेका छन् ।

धेरै आलोचकहरुले भने यस्ता नृत्य स्टेप्सले समाजमा अराजकता फैलाउने र भावी पुस्तामा गलत सन्देश जाने दाबी गरेका छन् ।

‘काला चस्मामा तिनीहरूका भिडियोहरूले युट्युब, टिकटक, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा लाखौं भ्यूहरू पाएका थिए । सोसल मिडिया प्रयोगकर्ता र विशेषज्ञहरुका अनुसार महिलाहरूले ‘द क्विकस्टाइल’कोरियोग्राफीमा आफ्ना नृत्यहरू अपलोड गरेका छन् । धेरैले डान्सस्टेपहरूलाई ‘बार’का लागि उपयुक्त र राष्ट्रविरोधी भनेर लेबल लगाएका छन् ।

‘चाडपर्वहरूमा नैतिक खबरदारी अझ बढाइन्छ, जब महिलाहरूलाई उनीहरूले कसरी मनाउने भनेर बताइन्छ र उनीहरू अनुरूप नहुँदा आलोचना गरिन्छ,’ विज्ञहरु भन्छन् । अझ केहि स्वतन्त्रवादी महिलाहरू भन्छन् कि  ‘महिलाको नाचमा उनीहरुलाई आपत्ति छ र हुक स्टेपमा समस्या छ । यदि दु:खी, उदासी खालको तीज गीतमा पुरुषहरूको प्रशंसा भएको भए, उनीहरूलाई यसमा कुनै समस्या हुने थिएन । महिलाको नृत्यले पुरुषको भावनामा चोट पुर्‍याएको छ । यी मानिसहरूलाई के सामाजिक रूपमा स्वीकार्य छ र के छैन भनेर निर्धारण गर्ने अधिकार कसले दियो ?’

लैङ्गिक विज्ञहरू मात्र होइन, स्वास्थ्यकर्मीहरू पनि यस नृत्यप्रति समाजको दृष्टिकोणलाई पाखण्डी ठान्छन् । उनीहरुले गरेको नृत्यकै कारण पनि धेरैले सेवा दिन दक्ष छन् भनेर तारिफ गरेका थिए । तर अहिले आफ्नो खुसीका लागि नृत्य गर्दा समाजले दक्षतामाथि प्रश्न उठाएको छ उनीहरू बताउँछन् ।

‘जब हामी कोभिडको समयमा नाच्यौं, हामीलाई प्रोत्साहन दिइयो । वा ! बिरामीहरूको राम्रो हेरचाह गरेका छन् हेर्नुहोस् समेत भनियो,’ एक स्वास्थ्यकर्मीको प्रश्न छ,’अहिले हामी रमाइलो गर्दैछौं, उनीहरू हाम्रो काम गर्ने क्षमतामा प्रश्न उठाउँदैछन् । मर्यादित नाच के हो र के होइन भन्ने कुनै आधिकारिक नियम छ ? ‘

सम्बन्धित समाचार