शुक्रबार , अषोज ४, २०८१

धादिङ-१ को ‘क’ मा कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी 

अघिल्लो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार एमालेका राजेन्द्र पाण्डेसँग पराजित भएका श्रेष्ठले यस पटक उनै पाण्डेसहितको गठबन्धनबाट विजय प्राप्त गरेका हुन् ।

image

काठमाडौं । धादिङको प्रतिनिधिसभा क्षेत्र-१ को ‘क’ मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

श्रेष्ठ १७८३२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेश आचार्यले १६५४८ मत प्राप्त गरेका  छन् । श्रेष्ठले १२९४ मतको अन्तरले विजय हासिल गरेका छन् ।

अघिल्लो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार एमालेका राजेन्द्र पाण्डेसँग पराजित भएका श्रेष्ठले यस पटक उनै पाण्डेसहितको गठबन्धनबाट विजय प्राप्त गरेका हुन् ।

०७४ काे निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका पाण्डे दोब्बर भन्दा बढी मतको फरकले विजयी भएका थिए । वाम गठबन्धनका उम्मेदवार पाण्डे २७ हजार ३ सय ३२ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रेष्ठले केवल १३ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए । जसमा मतान्तर १३ हजार ६ सय ८५ रहेको थियो ।  हाल एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष र वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री रहेका पाण्डे लोकतान्त्रिक वाम गठबन्धनबाट धादिङ-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

जारी मत गणनामा पाण्डेले नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीलाई पछि पार्दै अग्रता लिइरहेको छ । बुधवार दिउँसोसम्मको मत परिणाम अनुसार ३६०४३ मत गणना हुँदा पाण्डेले १५०१४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका त्रिपाठीले १३७०४ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ५३६७ मत प्राप्त गरेका छन् । अन्य दलले ७१२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार