बैठकमा राजनीतिक दलहरुबीच निर्वाचन सम्बन्धी आचारसंंहिता पालना गर्ने, गराउने सहमति भएको छ ।
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशैभरि दलहरू निर्वाचनको तयारीमा लागेका छन् । यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सर्वदलीय बैठक बसेको थियो ।
बैठकमा राजनीतिक दलहरूबिच निर्वाचन सम्बन्धी आचारसंहिता पालना गर्ने, गराउने सहमति भएको छ । मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार दलहरूबिच पाँच बुँदे सहमति भएको छ ।
बैठकमा चुनावी प्रचारप्रसारमा ठुलो आवाजमा माइकिङ नगर्ने, साँझ ७ बजेपछि निर्वाचन सम्बन्धी कुनै प्रचारप्रसार नगर्ने, बेलुका ८ बजेपछि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्ने कुरामा सहमतिमा भएको जनाइएको छ ।
साथै दलका उम्मेदवारले सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट राजनीतिक दल, उम्मेदवार, मतदाता निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई लक्षित गरेर भ्रम फैलाउने सूचना र निर्वाचन विरोधी गतिविधिमा संलग्न नहुने सहमति गरेका छन् ।
निर्वाचन नजिकिएसँगै जिल्लामा आचारसंहिता उल्लङ्घनका घटनाहरू तीव्र रूपमा हुनथालेपछि सर्वदलीय बैठक बसेको बताइएको छ ।