शुक्रबार , अषोज ४, २०८१

प्रतिनिधिसभाको आजको बैठकमा ओलीले सम्बोधन गर्ने

एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गर्दै आएको छ ।

image

Photo by: फाइल तस्बिर

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

आज सुरूवाती चरणमा नै आलीले सरकारले जेठ १० गते पस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गर्दै आएको छ ।

सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ । बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसलाई छलफल गरेर सांसदले राखेका प्रस्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ ।

सम्बन्धित समाचार