आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक स्वीकार गरेको छ ।
कोरिया । कोरोनाभाइरसका संक्रमित भेटिएपछि उत्तर कोरियामा पहिलोपटक लकडाउन घोषणा गरिएको छ।
बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
कोरोना संक्रमित भेटिएको बताएपनि कति जनालाई भएको छ भन्ने खुलाइएको छैन ।
आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक स्वीकारेका हुन् ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरू गरेको थियो। संसारभरि कोरोना फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना नआइनपुगेको दाबी गर्दै आएको थियो ।
पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ ।
वर्कर्स पार्टीको बैठकमा उत्तर कोरियाली शासक किम जोङ उनले देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन् ।
कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा उत्तर कोरियाले अस्वीकार गरेकाले त्यहाँका नागरिकले कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएका छैनन् ।