बुधबार , अषोज ३०, २०८१

कविता ‘अर्डर’

image

– रोशन न्यौपाने

हेल्लो,
हेल्लो नेता ज्यु !
तपाईँको चुनाव चिन्ह छ नि
तपाईँको चुनाव चिन्ह,
पिज्जाको रूपमा
बर्गरको रूपमा
वा भनौँ स्पेसल्ली केकको रूपमा
होम डेलिभरी गरिदिनुहोला

मेरो ठेगाना छ –
‘नेपाल देश
स्वाभिमान चोक
राष्टभक्त गल्लीको
भोकमारी पथ’

मलाई त्यो चुनाव चिन्हलाई काटेर
विशाल आम सभा गर्दै
तपाईँको पार्टीको
सार्वजनिक मृत्यु दिवस मनाउनु छ ।

सम्बन्धित समाचार