बुधबार , अषोज २, २०८१

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

image

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

महानगरले सार्वजनिक शौचालय, शीत भण्डार, केएमसी मार्ट निर्माण तथा सञ्चालन कार्यक्रम बजेटमा समावेश गरेको छ ।

शवदाह गृह,पार्क तथा हरियाली प्रवद्र्धन र नदी किनारहरुमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ ।

यस्तै महानगरले काठमाडौंका परम्परागत हिटी(ढुंगेधारा)हरु पुर्नस्थापना गर्ने भनेको छ । जुन ठाउँमा पहिलेजस्तै प्राकृतिक रुपले पानी खसाल्न सकिन्छ,त्यहाँ त्यसैअनुरुप हिति पुर्नस्थापना गरेर पानी आपूर्ति गर्ने महानगरको कार्यक्रम छ । यस्तै पानी आपूर्ति हुन नसक्ने हिटीलाई पनि काठमाडौंको कला र संस्कृति प्रर्वद्धनको निम्ति पुनर्स्थापना गरिने काठमाडौंं महानगरले जनाएको छ ।

सम्बन्धित समाचार