बिहिबार , मंग्सिर ६, २०८१

श्री कान्ति भैरव गुरुकुलमा त्रि-दिवसीय जनै निर्माण प्रशिक्षण सम्पन्न

image

काठमाडाैं । काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकास्थित श्री कान्ति भैरव विद्यालयका पूर्व विद्यार्थीहरूको समूह ‘मित्रताको जहाज’ले तीन दिने जनै निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्कार संस्कृतिको रक्षा गर्नका लागि सीप विकास गर्ने उद्देश्यले असार २२-२४ सम्म प्रशिक्षण सञ्चालन गरिएको हो ।

प्रशिक्षणको उद्घाटन समाजसेवी दीपक सिंह भण्डारीले गर्नु गरेका थिए । यस खालको प्रशिक्षणले नयाँ पुस्तालाई पनि पुराना संस्कार र परम्परा बुझाउन मदत पुग्ने उनले बताए । प्रशिक्षणमा दक्ष प्रशिक्षकहरूले जनैको धार्मिक र वैज्ञानिक महत्त्व दर्शाएर यसको निर्माण तरिका सिकाएका थिए ।

विद्यार्थीहरूद्वारा आयोजना गरिएको कार्यक्रमलाई सफल पार्न गुरुकुलका गुरु प्राडा श्रीराम अधिकारी, प्राडा ऋषिराम पोखरेल गुरु र गोविन्द धितालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थीहरूलाई पुष्पा पोखरेलसहितका गुरुहरूले गुरुकुलसँग मिलेर कार्यक्रम गर्न सघाएका थिए । प्रशिक्षण कार्यक्रमलाई सहज र सफलतापूर्ण तरिकाले सञ्चालन गराउन श्री वेदमणि सुवेदी र सुदिप कोइराला, प्रकाश सुवेदी लगायतले भूमिका खेलेका थिए ।
प्रशिक्षणमा गुरुकुलका विद्यार्थीहरूका साथै अन्य शुभेच्छुकहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार