काठमाडौं । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेकाले यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएकाे छ।
ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो ।
सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए ।
उनले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए भने विगत १८ वर्षदेखि काग तिहारका अवसरमा उनले काग सम्मेलन गर्दै आएका छन् ।