जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए ।
काठमाडौं । जाेगीकाे भेषमा रहेका एक व्यक्तिलाई शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घरबाट पक्राउ गरिएकाे छ । उनलाई दुर्व्यवहार गरेको आरोपमा पक्राऊ गरिएकाे हाे ।
जोगीमा भेषमा रहेका उनी ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरीगाउँ पुगेका थिए । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौंले जनाएकाे छ ।
जोगीको भेष धारण गरेका एक व्यक्ति गएराति साढे ८ बजेको समयमा बालेनको घरभित्रै पसेका कारणले पक्राउ गरिएको स्राेतले जनाएकाे छ ।
जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताइरहेका थिए । झण्डै एक घण्टा सकडमा भीडभाड भएको थियो भने पछि प्रहरी आएर उनलाई लगेको थियो ।
मेयर बालेन पछिल्लो समय अवैध संरचना भत्काउँदै हिँडेकाले उनीविरुद्ध सक्रिय गिरोहले परिचालित गरेका व्यक्ति हुनसक्ने मेयर समर्थकहरुको दाबी गरेका पनि छन् ।