बहुप्रतिक्षित बलिउड चलचित्र ‘जवान’को डिजिटल राइट्स बिक्री भएको छ । बलिउड अभिनेता शाहरुख खान मुख्य भूमिकामा रहेको चलचित्रको अधिकार नेटफ्लिक्सले १२० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
काठमाडौं । बहुप्रतिक्षित बलिउड चलचित्र ‘जवान’को डिजिटल राइट्स बिक्री भएको छ । बलिउड अभिनेता शाहरुख खान मुख्य भूमिकामा रहेको चलचित्रको अधिकार नेटफ्लिक्सले १२० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
चलचित्र सिनेमाघरमा प्रदर्शन भएको केही समयपछि नेटफ्लिक्समा प्रदर्शनमा गरिनेछ । केही समयअघि चलचित्रको पोस्टर तथा टिजर सार्वजनिक गरिएको थियो । चलचित्र नेटफ्लिक्समा प्रदर्शनमा आउने भएसँगै यसको चौतर्फी चर्चा भइरहेको छ ।
चलचित्रको बारेमा बताउँदै शाहरुखले केही दिनअघि सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘फिल्मको बारेमा अहिले नै केही भन्नु हतार हुन्छ। तर, म एक कलाकार भएको नाताले यसमा काम गरिरहँदा निकै मजा भइरहेको छ ।’
सिनेमाघरमा २०२३ जुन २ तारिखबाट प्रदर्शनमा आउने भनिएको चलचित्र हिन्दी, तमिल, मलयालम, तेलुगु र कन्नडसहित पाँच भाषामा प्रदर्शन गरिनेछ ।