शुक्रबार , अषोज ४, २०८१

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह जित नजिक

image

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह जित नजिक पुगेका छन् । उनको वडासहित दुईवटा वडाको गणना भइरहँदा मनोजले १२ हजार २८३ मत ल्याएका हुन् ।

उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २३ वटा वडाको मतगणना सम्पन्न भएको हो । नेकपा एमालेका शिवशंकर साहले ९ हजार ३०३ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार १६ मत ल्याएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४ हजार ८०६ मतसहित चौथो स्थानमा झरेका छन् । लालकिशोर निवर्तमान मेयर हुन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ७३४मत सहित पाँचौँ स्थानमा रहेका छन् ।

उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह १४ हजार ८३२ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले १० हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेकी छन् ।

यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ५ हजार २५४ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

सम्बन्धित समाचार