प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजारको नगद पुरस्कार प्राप्त गर्नेछन् ।
ललितपुर । आइओई पोयट्री च्याम्प फोर पोइन्ट जिरो (IOE Poetry Champ 4.0) हुने भएको छ । माघ २१ गते शनिबारका दिन उत्कृष्ट १५ प्रतिस्पर्धी कविले आ-आफ्ना कविता वाचन गर्नेछन् । प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजारको नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सिभिल इन्जिनियरिङ विद्यार्थी समाज, नेपाल (CESS Nepal) पुल्चोकको आयोजनामा हुन् लागेको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा देशभरबाट १५० भन्दा बढी कविता प्राप्त भएको कार्यक्रम संयोजक शीतल पौडेलले बताए ।
“कविता वाचनका लागि छानिएका उत्कृष्ट १५ कविताहरूको सर्ट लिस्ट आज साँझसम्म सार्वजनिक हुनेछ । छानिएका कविहरूले स्वयं उपस्थित भई कविता वाचन गर्नुहुनेछ। २१ गते निर्णायकहरूले कविताको साथै कविको कविता वाचन शिल्पलाई ध्यानमा राखी अन्तिम परिणाम सुनाउनुहुनेछ”, उनले भने । ‘दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि’ भन्ने मूलभावसहित कार्यक्रम गरिएको पौडेलले बताए ।
कार्यक्रमको निर्णायकको रूपमा कवि एवम् नियात्राकार भीष्म उप्रेती र कवि एवम् लेखक रञ्जना निरौला रहेनछन् भने विशिष्ट अतिथिको रूपमा अग्रज कवि शैलेन्द्र साकारको उपस्थिति रहेनछ । कार्यक्रममा १५ जना अतिथि कविको रूपमा उपस्थित हुनेछन् । दिउँसो ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ४ बजे सकिनेछ ।
सन् २००४ मा स्थापना भएको यस समाजले ‘कविता, जिन्दगी हो । जिन्दगी, कविता हो । कविताको सेलिब्रेसन, जिन्दगीको सेलिब्रेसन । आउनुहोस् ! कविता र जिन्दगीको यो ककटेल स्वादमा मस्त हुँदै शब्दहरूको जबर्जस्त सेलिब्रेसन गरौँ’ भन्ने मुलभाव सहित प्रतियोगिता गर्दै आइरहेको छ । यस अघि कविता लेख्ने छोरी शीर्षकको अप्सरा केसीको कविता प्रथम भएको थियो ।
कविता प्रतियोगिताको सूचना यसप्रकार रहेको थियो,