शुक्रबार , अषोज ४, २०८१

चक्कु हानी १२ वर्षीय बालिकाको हत्या

बालकले आफूले हतियार बोकेर हिँडेको माने पनि आफूले हत्या गरेको भने मानेका छैनन् ।

image

अन्तर्राष्ट्रिय । अमेरिकाको लिभरपुलको स्कुलकी १२ वर्षीय छात्रा आभा ह्वाइटलाई निर्मम रूपमा छुरा प्रहार गरिएको छ । १४ वर्षीय बालकले घाँटीमा छुरी हानि हत्या गरेको आरोप लागेको छ ।

लिभरपुल क्राउन कोर्टलाई  बुझाइएको ‘झगडा’ को फुटेज अनुसार आफ्नो भिडियो बनाउँदा आपत्ति जनाएपछि छुरा प्रहार गरिएको हो ।

रिपोर्टहरूका अनुसार बालकले सामाजिक सञ्जालमा स्न्यापच्याटमा सो भिडियो हालेको बताइएको छ । अमेरिकाको रिचमण्ड स्ट्रिटमा आभा आफ्नो साथीहरूसँग घुम्न गएकी थिइन् ।

बालकले आभालाई चक्कु हानेर हाँस्दै गरेको प्रत्यक्ष दर्शीहरूले बताएका छन् । बालकले आफूले हतियार बोकेर हिँडेको माने पनि आफूले हत्या गरेको भने मानेका छैनन् ।

सम्बन्धित समाचार