काठमाडौं । यतिबेला वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको भव्य तयारी भइरहेको छ । सर्वसाधारण, पर्यटक तथा पत्रकारहरूको बाक्लो भिडले बिहानबाटै दरबार क्षेत्र भरिएको छ ।
जात्राका लागि तीन रथ तयार गरिँदैछ, जसमा पछिल्लो रथमा कुमारी, दोस्रोमा गणेश र पहिलोमा भैरवलाई राखी परिक्रमा गराइनेछ ।
साँझ ५ बजेबाट सुरु हुने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, विभिन्न विदेशी अतिथि तथा सर्वसाधारणहरू सहभागी हुनेछन् । जात्राले काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो भागको आधा परिक्रमा गर्नेछ ।