शुक्रबार , अषोज ४, २०८१

स्थानीय तह निर्वाचनमा मत कसरी हाल्ने ?

शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा मत हाल्दा केहि कुरामा ध्यान   हुन्छ । तल उल्लेखित कुरामा ध्यान नदिंदा आफ्नो भोट तपाईँले भोट खेरा जाने छ ।

image

निर्वाचन विशेष । शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा मत हाल्दा केहि कुरामा ध्यान   हुन्छ । तल उल्लेखित कुरामा ध्यान नदिंदा आफ्नो भोट तपाईँले हालेको भोट खेरा जाने छ ।

मतदाताले यो निर्वाचनमा पनि अघिल्लो जस्तै सात वटा छाप लगाउन पाउँछन् । मतपत्र लामो र ठूलो हुनेभएकाले  मत हाल्दा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

सबैभन्दा पहिला मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ। मतदान अधिकृतको हस्ताक्षर नभएको मत्रपत्र बदर नहुने भएकाले यो कुरामा ध्यान दिन पर्ने हुन्छ ।

मतपत्रको तल्लो भागमा मतदान अधिकृतको हस्ताक्षर हुन्छ । मतपत्र लिईसकेपछि  गोप्य मतदान गर्ने ठाउँमा गएर मतपत्रमा सात वटा छाप लगाउन पर्छ ।

छाप लगाउँदा पहिला पाँच वटा ठाडो लहरमा प्रत्येकमा एउटा छाप लगाउनु पर्छ। पहिलो लहरमा मेयर वा गाउँपालिकाको अध्यक्षको चुनाव चिन्ह हुन्छ। आफुलाई मनपर्ने चिन्हमा एउटा छाप लगाउनु पर्छ ।

दोस्रो लहरमा उपप्रमुख, तेस्रो लहरमा वडाध्यक्ष, चौथो लहरमा वडा महिला सदस्य र पाँचौ लहरमा दलित महिला वडा सदस्यको चुनाव चिन्ह हुन्छ ।

प्रत्येक लहरमा एउटा-एउटा  छाप लगाउनु पर्छ । तर एउटै लहरमा एकभन्दा धेरै छाप लगाउँदा मत बदर हुन्छ ।

पहिलो लहरमा मेयर वा अध्यक्षका लागि तल र माथि दुईवटा छाप लगाएमा मत बदर हुन्छ। त्यसैगरि दोस्रो देखि पाँचौँ सम्म पनि एउटा लहरमा एउटा मात्रै छाप लगाउनु पर्छ ।

छैठौं र सातौं लहरमा खुला वडा सदस्यका लागि मतदान गर्ने हो।  यसमा भने जुन लहरमा लगाए पनि दुई वटा छाप लगाउन पाइन्छ ।

एउटै लहरमा दुईवटा छाप लगाउन पनि पाइन्छ र एक एकवटा बाँडेर दुईटैलहरमा लगाउन पनि पाइन्छ ।  तर छैठौं र सातौंमा गरि तीन वटा त्यो भन्दा बढी छाप लगाएमा भने त्यो मत बदर हुन्छ ।

मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह स्पष्ट बुझिने गरी लगाउनुपर्छ। किन भने मसी लतपतिएमा मत बदर हुन्छ।

कुनै एउटा  लहरको मत बदर भएमा सबै मतपत्र बदर हुँदैन। जस्तै: अध्यक्षका लागि मत दिँदा विग्रियो भने त्यही मतमात्र बदर हुन्छ अरु  मत भने सदर नै हुन्छ।

स्वस्तिक छापले वरीपरीको घेरा छोएमा मत बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुईटा कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ।

तपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्छ किनभने मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्ने सम्भावना हुन्छ  ।

सम्बन्धित समाचार