इतिहास विगतको जानकारी जानकारी मात्र नभई वर्तमानको चिरपरिचित अनुहार हो, जो भविष्यसँग हुबहु मिल्छ । इतिहास एक दिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्त्वपूर्ण हुन्छन् । वैशाख ५ /१८ अप्रिलले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक घटनाहरू घटे । आउनुहोस्, इतिहासमा विश्वभर घटित त्यस्ता घटनाहरूमाथि दृष्टिगोचर गरौँ
सान फ्रान्सिस्कोमा ठुलो भूकम्प
१. सन् १९०६ मा अमेरिकाको सान फ्रान्सिस्कोमा, ७.९ रेक्टर स्केलको ठुलो भूकम्प गएको थियो । यो प्रकोपमा करिब ३००० जनाको मृत्यु भएको थियो । भूकम्पले गर्दा सहरमा आगलागी हुँदा, सहरको ८० प्रतिशतभन्दा बढी भाग ध्वस्त भएको थियो ।
अल्बर्ट आइन्स्टाइनको ७६ वर्षको उमेरमा आजकै दिन निधन
२. सन् १९५५ मा प्रसिद्ध भौतिक शास्त्री र नोबेल पुरस्कार विजेता अल्बर्ट आइन्स्टाइनको ७६ वर्षको उमेरमा आजकै दिन निधन भएको थियो ।
राष्ट्र संघको अन्त्य
३. सन् १९४६, मा ( The League of Nation ) राष्ट्र संघको, अन्त्य भएको थियो, र संयुक्त राष्ट्र संघको ( United Nation ) को स्थापना भएको थियो ।
अन्तर्राष्ट्रिय न्यायालय खोलियो
४. सन् १९४८ मा, नेदरल्याण्ड्सको हेगमा, अन्तर्राष्ट्रिय न्यायालय ( International Court of Justice ) खोलिएको थियो ।