शुक्रबार , अषोज ४, २०८१

विगत वृत्तान्त- आजकै दिन भएको थियो बङ्गलादेशको स्थापना 

image

इतिहास विगतको जानकारी जानकारी मात्र नभई वर्तमानको चिरपरिचित अनुहार हो, जो भविष्यसँग हुबहु मिल्छ । इतिहास एक दिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्त्वपूर्ण हुन्छन् । वैशाख ४/१७ अप्रिलले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक घटनाहरू घटे । आउनुहोस्, इतिहासमा विश्वभर घटित त्यस्ता घटनाहरूमाथि दृष्टिगोचर गरौँ

बङ्गलादेशको स्थापना 

१. १९७० को आम चुनावपछि पाकिस्तानको सैन्य शासकले बङ्गलादेशका निर्वाचित विधायकहरूलाई सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेको थियो । पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानी जनतामाथि दमन गरेपछि पूर्वी पाकिस्तानको निर्वाचित राजनीतिक नेतृत्वले स्वतन्त्रताको घोषणा गर्‍यो र, अन्तरिम सरकारको स्थापना गर्‍यो । यसको मन्त्रिपरिषद्ले १७ अप्रिल १९७१ मा मुजिबनगर सहरमा शपथ लिएपछि बङ्गलादेश आधिकारिक रूपमा स्थापित भएको थियो ।

अहिलेसम्मको सबैभन्दा बलियो बमबारी

२. १९९९ अप्रिल १७, नाटो सेनाहरूले युगोस्लाभिया विरुद्ध बमबारी गरेका थिए जुन,  २५ औँ रातसम्म चलेको थियो । यो हमला अहिलेसम्मको सबैभन्दा बलियो हमला हो ।

आर्थर शोपेनहाउर संसार छाडे

३. १८६० मा आर्थर शोपेनहाउर संसार छाडेका थिए  ।  उनी जर्मन दार्शनिक हुन्  । उनी आफ्नो  पुस्तक The World as Will and Representation लागि चिनिने गर्दछन्   ।

क्रिस्टोफर कोलम्बस भारत खोज्न निस्के 

४. सन् १४९२ मा   क्रिस्टोफर कोलम्बस र स्पेनका राजा फर्डिनान्ड र रानी इसाबेलाका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका थिए , जसले कोलम्बसलाई इन्डिज (एसिया) खोज्नको लागि पश्चिम तर्फको महासागर मार्ग खोज्न लगाएको  थियो।

Tags:

सम्बन्धित समाचार