सोमबार , भाद्र ३१, २०८१

विगत वृत्तान्त-टाइटानिक जहाज डुबेको दिन

image

इतिहास विगतको जानकारी जानकारी मात्र नभई वर्तमानको चिरपरिचित अनुहार हो, जो भविष्यसँग हुबहु मिल्छ । इतिहास एक दिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्त्वपूर्ण हुन्छन् । वैशाख २/१५  अप्रिलले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता महत्वपूर्ण, अनेक घटनाहरू घटे । आउनुहोस्, इतिहासमा विश्वभर घटित त्यस्ता घटनाहरूमाथि दृष्टिगोचर गरौँ

टाइटानिक जहाज डुबेको

१. सन् १९१२ मा आजको दिन, बेलायतको जहाज टाइटानिकले आफ्नो पहिलो यात्रा सुरु गरेको थियो । अमेरिकाको  न्यूयोर्क शहर जाने बाटोमा आइसबर्गमा ठोक्किएपछि, जहाज डुबेको थियो । त्यसबेला जहाजमा रहेका लगभग १५०० मानिसहरू मरेका थिए  ।

अब्राहम लिंकनको   मृत्यु

२. सन् १८६५ मा  १६औ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको  मृत्यु भयो भएको थियो ।

विश्व व्यापार सङ्गठन स्थापना

३. सन् १९९४ मा  विश्व व्यापार सङ्गठन (World Trade Cente) को स्थापना भएको थियो ।

नेपालको इतिहासमा पहिलो महिला उपप्रधानमन्त्री

४. वि.स २०५५ साल वैशाख २ गते  प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा नेपालको इतिहासमा पहिलो महिला उपप्रधानमन्त्रीको रूपमा  काँग्रेस नेता शैलजा आचार्यलाई उपप्रधानमन्त्री र जलस्रोत मन्त्री बनाइएको थियो   ।

Tags:

सम्बन्धित समाचार