मंगलबार , अषोज १, २०८१

म हेलेन केलर बोल्दै छु

image

हेलेन केलरको जन्म जुन २७, १८८० मा अमेरिकामा भएको थियो । जन्मेको डेढ वर्षकै उमेरमा उनी आँखा नदेख्ने र कान नसुन्ने भएकी थिइन् । उनी बोल्न पनि सक्तिन थिन् । केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन् । उनलाई चर्चित बहिरा व्यक्तिको रूपमा हेरिन्छ । आज उनै हेलेन केलरका प्रेरक भनाइहरू प्रस्तुत छन्;

१. खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरूको खुसी देख्न चाहन्छ ।

२. सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरू जीवनभर मूकदर्शक बनिरहन्छन् ।

३. हामीले नयाँ परिस्थितिमा नयाँ सोचका साथ काम गर्नुपर्छ ।

४.  विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियाँमा प्रकाश ल्याउन सक्छ ।

५. हामी जे बन्न सक्थ्यो त्यो बन्नका लागि अझै कत्ती पनि ढिला भएको छैन ।

Tags:

सम्बन्धित समाचार