बिहिबार , मंग्सिर ६, २०८१

चीनमा प्रचलित एक अनौठो परम्परा: लासहरूका बीचमा विवाह

image

एजेन्सी । सुन्दै अनौठो र अपत्यारिलो लाग्ने, लासहरूका बीचमा विवाह गराइने एउटा परम्परा चीनको सैंगजी प्रान्तमा तीन हजार वर्षदेखि चलिरहेको छ । यस दुनियाँमा देशैपिच्छे र समाजैपिच्छे अनौठा खालका रीतिरिवाज र मान्यता चल्दै आइरहेका छन् ।

यसको पालना धार्मिक अथवा सामुदायिक भावनाले उत्प्रेरित भएर हुने गर्छ । यी मध्ये कुनै कुनै परम्परा यस्ता हुन्छन्, जसलाई सुनेर या देखेर बाँकी दुनियाँले जिब्रो टोक्छ ।

यस्तै सुन्दै विश्वास नलाग्ने किसिमको एउटा परम्परा छिमेकी देश, चीनमा प्रचलित छ । जहाँ लासहरूका बीचमा विवाह गराइन्छ । यस परम्परालाई चीनमा ‘घोस्ट वेडिङ’ अर्थात् ‘भूत विवाह’ भनेर चिनाउने गरिन्छ ।

यस परम्परामा कसैको विवाह नहुँदै मृत्यु भएको रहेछ भने त्यसरी विवाह नहुँदै मृत्यु भएका केटा र केटीलाई आपसमा विवाह गराइन्छ । जसको उद्देश्य भनेको जिउँदो हुँदा नमिलेको वैवाहिक सुख मृत्युपछि भए पनि मिलोस् भन्ने हो ।

विवाहका बेला केटाको चिहानमा केटीको चिहानबाट निकालेका हाडहरू मिलाइन्छ । त्यस कार्यले उनीहरू सँगसँगै रमाइलोसँग बस्छन् भन्ने मान्यता पाएको छ ।

यो भूतको विवाह पनि आम मानिसकै झैं धुमधामसँग गरिन्छ । यसमा दुलहीलाई गरगहना पनि दिइन्छ । यो परम्परा चीनमा अहिलेसम्म पनि चल्दै आइरहेको छ ।

सम्बन्धित समाचार