बिहिबार , कार्तिक २९, २०८१

घुम्ने नयाँ ठेगाना यसपालि स्वप्न बगैँचा

नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ

image

Photo by: google

काठमाडौं । हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अप्नाउछ । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मदत गर्छ । तर, बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा स्वप्न बगैँचा (गार्डेन अफ ड्रिम्स) लाई लिन सकिन्छ । काठमाडौँ उपत्यकामा घुम्ने ठाउँ खोजिरहेकाहरूका लागि एउटा राम्रो विकल्प हो स्वप्न बगैँचा । काठमाडौं सहरको पर्यटकीय क्षेत्रमध्ये एक ठमेलमा अवस्थित यो बगैँचा ऐतिहासिक तथा सुविधासम्पन्न रहेको छ ।  यो बगैँचालाई प्राकृतिक सङ्ग्रहालयका रूपमा पनि चिनिने गरिन्छ ।

इतिहास केलाउने हो भने तत्कालीन नेपाली सेनाका फिल्ड मार्शल केशर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा ‘किङ् एडवार्ड सातौँ’को बगैँचा अवलोकन गरेपछि त्यसबाट प्रभावित भएर सन् १९२०मा यो बगैँचा निर्माण गरिएको हो ।

बगैँचामा ६ ऋतुका नामबाट निर्माण गरिएका सदन (आराम गृह), पोखरी, युरोपियन शैलीको बरन्डा र विभिन्न प्रकारका चरा बस्ने घरहरू रहेका छन् । बिहान ९ बजेदेखि राती १० बजेसम्म खुल्ने यो बगैँचाको प्रवेश शुल्क एक सय पचास रहेको छ । सहरी हल्लाखल्लाबाट केही बेर टाढा रहेर शान्त वातावरणको आनन्द लिन चाहने हरकोहि यो बगैँचा पुग्न सक्छन् ।

सम्बन्धित समाचार