बिहिबार , अषोज ३, २०८१

सांसद निर्वाचित भए लगतै गगनले भने- ‘आजैबाट प्रधानमन्त्री पदको तयारीमा लाग्छु’ 

काठमाडौं ४ बाट भारी मतान्तर सहित सांसद निर्वाचित भएसँगै थापाले यस्तो घोषणा गरेका छन् । 

image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजैबाट प्रधानमन्त्री पदको लागि तयारीमा लाग्ने बताएका छन् । काठमाडौं ४ बाट भारी मतान्तर सहित सांसद निर्वाचित भएसँगै थापाले यस्तो घोषणा गरेका छन् ।

थापाले अब देशले नयाँ नेतृत्व पाउने र त्यसको लागि आफू र आफ्नो पार्टी तयार रहेको  बताए ।

“अब देशमा नयाँ नेतृत्व आउँदै छ । नेपाल र नेपालीले खोजेको नेतृत्व कांग्रेसले मात्रै दिन सक्छ । त्यसको लागि नेपाली कांग्रेस तयार छ ।” थापाले भने ।

उनले अब पार्टीको संसदीय दलको नेताको चुनावका लागि तयारीमा जुट्ने र त्यसले आफूलाई देशको कार्यकारी प्रमुख बन्ने बाटो खुला गर्ने बताए ।

थापाले निर्वाचन अघिदेखि नै आफू पार्टीको संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्न अघि बढ्ने बताउँदै आएका छन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन् ।

थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए ।

सम्बन्धित समाचार