शनिबार , अषोज २६, २०८१

विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य गाइड राख्नुपर्ने नियम सुरु हुँदै

image

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी अप्रिल १ देखि ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) बन्द गरेको छ । यो व्यवस्था लागु भएसँगै विदेशी पर्यटकले पदयात्रामा जाँदा अनिवार्य गाइड राख्नुपर्ने हुन्छ ।

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जनाएको छ । यसरी जाने पर्यटक तथा गाइड दुवैको बिमासमेत गरिने भएको छ ।

यसअघि, एफआईटी प्रणालीबाट टिप्स लिएर विदेशी पर्यटकहरु बिनागाइड पदयात्रामा जाने व्यवस्था थियो । बिनागाइड पदयात्रामा जाँदा एकातर्फ सुरक्षाको चुनौती बढेको थियो भने दक्ष जनशक्ति (गाइड) पलायन हुने अवस्था विद्यमान थियो ।

अब एफआईटी प्रणाली बन्द भएपछि पर्यटक गाइडहरुले आफ्नै देशमा रोजगार पाउने सम्भावना बढेको छ ।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा ट्रेकिङ्ग गर्न आउने कूल पर्यटकमध्ये ३० प्रतिशत एफआईटीवाला रहेको र उनीहरूबाट हुने कूल आय ४७ प्रतिशतको हाराहारीमा थियो । कोरोना महामारी अगाडि वार्षिक करिब ४६ हजार पर्यटक ‘फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउँछन् ।

 

सम्बन्धित समाचार