बिहिबार , अषोज ३, २०८१

मतदातालाई पैसा बाँड्ने उम्मेदवारलाई लिखित माफी मगाईयो

image

अर्घाखाँची। अर्घाखाँचीमा पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई माफी मग्न लगाइएको छ ।

स्थानीय निर्वाचनमा मतदातालाई पैसा बाँड्न लगाएका अर्घाखाँचीको मालारानी वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार दुर्गाप्रसाद खनाललाई निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी माग्न लगाइएको हो ।

अर्घाखाँची ३ खनदहका खनालले आफ्नी श्रीमती शान्ता खनालमार्फत पैसा बाँडिरहेको अवस्थामा रंगेहात फेला पारेपछि लिखित माफी मगाईएको हो ।

स्थानीय सागर खनालका अनुसारआफ्ना पती दुर्गाप्रसादलाई जिताउन खनाल फेन्सी स्टोर सञ्चालन गर्दै आएकी शान्ता स्थानीय छिमेकीको सहयोगमा पैसा बाँड्दै गरेको अवस्थामा भेटिएकी थिईन् ।

रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विष्णु चुँदालीलाई रेष्टुरेन्टमा खाजा खान आउनेलाई  पैसा बाँडेकी थिईन् ।

शनिबार चुँदालीले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको सागरले बताए ।

चौहान र खनालले रेष्टुरेन्ट सञ्चालकले मत माग्दै ४ हजार रूपैयाँ दिएपछि प्रहरीमा उजुरी दिए ।

नेकपा एमाले मालारानी गाउँपालिका उपाध्यक्ष विष्णु मिश्रले घटना सार्वजनिक भएपछि छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको बताए ।

सम्बन्धित समाचार