काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेम लामाले जित हासिल गरेका छन् । उनी एक हजार ४६६ मतकासाथ विजयी भएका हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् । उनले एक हजार ९४ मत प्राप्त गरेका हुन् । तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।