काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले नौ हजार ४९९ मत ल्याएर आफ्नो अग्रता कायम राखेका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले नौ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहेकी छन् ।
त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले पाँच हजार १९६ र नेपाली कांग्रेसका सिर्जना सिंहले चार हजार ५४० मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गरेका छन् ।