काठमाडौं । रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामसिंह तामाङ विजयी भएका छन् । तामाङले दुई हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोम्बा घलेले दुई हजार ५९७ मत प्रप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरेकी छन् ।