काठमाडौं । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरेका छन् ।
कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए ।