काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका-११ मा पुनः मत गणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन् ।
मतपरिणाम घोषणा नहुँदै कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो भने परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी कठरियाभन्दा तीन मतले विजयी भएपछि कांग्रेस कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।