काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ३९० मतान्तरसहित अगाडि रहेका छन् । आज ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ४३८ मत पाएका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गरेका छन् । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।