काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि सुरु भएको छ ।
वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भए पनि दिउँसो ढिला गरी सर्वदलीय बैठक बसेर साँझदेखि मतगणना गर्ने कार्य सुरु भएको हो ।
सिमकोट गाउँपालिकामा ५,३४७ मत खसेको थियो ।