काठमाडौं । काठमाडौं महानगरमा मत गन्दा अहिलेसम्म मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।
वडा नम्बर १, २ र ३२ को गरी ६८० मत गन्दा बालेनको पक्षमा २१६ मत आएको छ । एमालेका केशव स्थापित दोस्रोमा छन् । उनले १७९ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४१ मत हासिल गरेकी छन् ।