काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएर मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ । निर्वाचन आयोगको अनुसार काठमाडौं महानगरपालिकाको मतगणना आजै राति ८ बजेबाट शुरु गरिने छ ।
अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।