काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ मा स्थानीयले मतपेटिका लुटपाट गरेका छन् । त्यहाँका स्थानीयले मतपेटिका लिएर खेतैखेत भागेको बताइएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।
यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटकपटक झडप भएको थियो । मतदानस्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।
उक्त दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ ।