काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहान सात बजेबाट सुरु भएको मतदान अहिले साँझ ५ बजे सकिएको छ ।
मतदाता गर्ने समय सकिए पनि लाइनमा लागेका वा मतदान स्थलभित्र प्रवेश गरिसकेका मतदाताले भने ५ बजेपछि पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
देशभरका ७५३ वटा स्थानीय तहमा आज एकैदिन निर्वाचन भएको हो । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।
यी जिल्लाहरुमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको हो ।