काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ स्थित पशुपति भवन ग्वानी केन्द्रमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचमा झडप भएको छ ।
आफन्तको भोट हालिदिने विषयमा झडप हुँदा मतदानस्थलमा तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । अहिले स्थिति सामान्य भएपछि पुनः मतदान सुरु भएको छ ।