शुक्रबार , अषोज ४, २०८१

मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ

image

बैतडी । बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा  चार जना पक्राउ परेका छन्।

सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा मोहनराम विकमाथि कुटपिट गर्ने साेही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट पकाउ परेका हुन्।

उनीहरूले मतदान केन्द्रमा गएका बेला लखेटेर लात्तीले हानेको घाइते विकले बताए।

उनि अहिले अस्पतालमा उपचाररत छन्।

सम्बन्धित समाचार