काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज बिहान ७ बजे देखि मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।
मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ । ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले बताएको छ ।