काठमाडौं । शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनको मतपेटिका सुरक्षित हिसाबले मतगणना स्थलमा पुगे लगत्तै मतगणना सुरु गरिने भएको छ । निर्वाचन आयोगले मतदानको तयारीका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा सो कुरा जनाएको हो ।
साथै आयोगले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेको छ ।