शुक्रबार , अषोज ४, २०८१

नागरिकता मात्र भएकाले मतदान दिन पाइने कि नपाइने?

नागरिकतामात्र भएकाले पनि अब मत हाल्न पाउने

image

काठमाडौं । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  बताए ।

मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  बताएका हुन् ।

सवै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको थपलियाले बताए ।

सम्बन्धित समाचार