शुक्रबार , अषोज ४, २०८१

चुनावका दिन सार्वजनिक बिदा

सरकारले स्थानीय तहको चुनावका दिन सार्वजनिक बिदा दिएको छ।

image

नेपाल । सरकारले स्थानीय तहको चुनावका दिन सार्वजनिक बिदा दिएको छ ।

स्थानीय चुनाव यही वैशाख ३० गते हुँदैछ । गृह मन्त्रालयले मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार बिदा दिएको हो ।

वैशाख ३० मा मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ ।

यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो ।

सम्बन्धित समाचार