काठमाडौं । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १४५ हजार १० जना उम्मेदवार छन् ।
नगरपालिका प्रमुखमा तीन हजार २३८, उपप्रमुखमा एक हजार ९६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
वडाध्यक्ष पदका लागि ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ ।
यसपटकको स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरूमा वयस्क उम्मेदवारको सङ्ख्या धेरै देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवारहरू रहेका छन् ।
एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरी कुल ३५ हजार २५८ उम्मेदवार छन् । यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला गरि ३७ हजार ५४ उम्मेदवार छन् । यस्तै, ६५ वर्ष माथिका चार हजार ३५० पुरुष र एक हजार १७७ महिला गरी पाँच हजार ५२७ उम्मेदवार रहेका छन् ।
लामो समयदेखि ‘देश अब युवाले चलाउनु पर्छ, युवा नआई देश विकास हुँदैन’ भानिरहेका जनताहरूको हातमा अहिले राम्रो मौका छ । के अब यी जुर्मुराएका युवाहरूलाई जनताले साथ देलान् ?