१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ ।
काठमाडौं । सिन्धुलीका एक किशोरले विश्वमै होचा व्यक्तिमा किर्तिमानी बनाएका छन् । यहाँको गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका १८ बर्षिय डोरबहादुर खपाङगीले विश्वमै होचा व्यक्तिको रुपमा किर्तिमानी बनाएका हुन् ।
१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ । डोरबहादुरले जिउदा होचा पुरुषमध्येकै संसारकै होचा व्यक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । विश्वकै होचा किशोर टिनएजर को रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस उनले आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजना भएको एक समारोहमा उनलाई प्रमाणपत्र उपलब्ध गराइएको हो । गत कार्तिकमा डोरबहादुरका दाई नरबहादुर खपाङगीले उनको नागरिकता बनाउन भन्दै जिल्ला प्रशासनमा लिएर गएपछि उनी होचा व्यक्तिको चर्चामा थिए ।
सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–४ निवासी १८ बर्षिय डोरबहादुर खपाङी नेपालकै सबैभन्दा होचो व्यक्ति फेला परेका नागरिकता बनाएकै समयमा चर्चा चलेपछि गिनिजबुकलाई जानकारी गराइएको थियो । डोरबहादुरलाई तत्कालिन प्रमुख जिल्ला अधिकारीले नागरिकता उपलब्ध गराएका थिए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार डोरबहादुरलाई नागरिकता प्रमाणपत्र दिने क्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाइएको थियो र नेपालकै होचा र विश्बकै दोस्रो होचा व्यक्ति भएको अनुमान गरिएपछि गिनिजबुकमा नाम लेखाउन पहल गरिएको थियो । डोरबहादुरलाई जिल्ला प्रशासन कार्यालयले बंशजको आधारमा नागरिकता प्रदान गरेको तत्कालिन प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका थिए । गत कार्तिकमा नागरिकता दिने क्रममा उमेर जाँच गरि चिकित्कसले प्रमाणित गरेपछि उनलाई नागरिकता दिइएको थियो ।
डोरबहादुरको नागरिकता प्रमाणपत्रमा जन्म मिति २०६१ साल कार्तिक २९ गते उल्लेख गरिएको छ । बाबु टक्करबहादुर खपाङगी र आमा रणमाया खपाङगी मगरका कान्छा छोरा डोरबहादुर सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने छन् । गाँउकै प्राथमिक विद्यालयमा उनि कक्षा १ मा अध्यनरत समेत रहेको उनका दाजु नरबहादुर बताउछन् ।