बिहिबार , कार्तिक २९, २०८१

जिसस धादिङको सबै पदमा निर्विरोध, माओवादी केन्द्रका अधिकारी बने प्रमुख

एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

image

काठमाडौं । जिल्ला समन्वय समिति धादिङका अध्यक्ष, उपाध्यक्ष र सातै जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । सबै पदमा एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध चयन हुने भएको हो ।

गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भागबन्डा गरेर उम्मेदवारी दिएपछि एमालेले उम्मेदवारी नै नदिएको हो । एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित घोषणा भने निर्वाचन कार्यलदयले मतदानको लागि तोकिएको जेष्ठ २९ गते नै गर्ने बताईएको छ ।

अध्यक्षमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उपाध्यक्षमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचनमा गठबन्धन दलले सहमति कार्यान्वयन नगरेको भन्दै एक अर्कालाई आरोप प्रत्यारोप गर्दै बसेका गठबन्धनले अन्तत जिल्ला समन्वय समितिमा भने सहमति गरेका छन् ।

सम्बन्धित समाचार