बिहिबार , मंग्सिर ६, २०८१

जब मानिसहरू आफ्नो डिजिटल जुम्ल्याहासँग आमनेसामने हुनेछन्..

त्यसैले हामीले डिजिटल जुम्ल्याहा बनाउने बाटोमा अहिले धेरै लामो यात्रा तय गर्नु छ । जबसम्म हामी मान्छेको सुरुदेखि अन्त्यसम्मको जीवनलाई बुझेर त्यसको मोडेल बनाउँदैनौ, तबसम्म यो सम्भव हुँदैन । यसमा पनि हामीले यसको अन्दाज लगाउनु पर्छ कि मान्छेको व्यक्तिगत जीवनमा के-के हुनसक्छ ।

image

कुनै न कुनै बेला तपाईंलाई कुनै साथीले अवश्य भनेको हुनुपर्छ कि तपाईंकै जस्तै अनुहार भएको कोही व्यक्ति उसले भेटेको थियो । कतै त्यो तपाईंको जुम्ल्याहा त होइन ? तर सोच्नुहोस्, तपाईंले स्वयम् आफ्नो जुम्ल्याहा तयार गर्न सक्नुहुन्छ तब के हुन्छ ? एकदम हुबहु तपाईंको प्रतिलिपि । तर जो जैविक रूपमा होइन डिजिटल रूपमा जीवन जिउँछ ।

खासमा हामी एक यस्तो संसारमा बाँचिरहेका छौँ, जहाँ वास्तविक संसारमा रहेका हरेक वस्तु डिजिटल रूपमा ढल्दै गइरहेको छ । हाम्रो सहर, कार, घर र यहाँसम्म कि स्वयम् हामी पनि डिजिटल रूपमा उपस्थित छौँ ।

जसरी मेटाभर्स (एक भर्चुअल, डिजिटल दुनियाँ जहाँ तपाईंको अवतार घुमिरहेको होला) माथि निकै चर्चा परिचर्चा चलिरहेको छ र त्यसैगरि डिजिटल जुम्ल्याहाले पनि एउटा नयाँ ट्रेन्डको रूपमा चर्चा कमाउँदै गइरहेको छ ।

डिजिटल जुम्ल्याहा वास्तविक संसारको हुबहु प्रतिलिपि हुनेछ । तर यसको एक मिसन हुनेछ । यसले वास्तविक संसारको जिन्दगीलाई राम्रो गर्छ या कस्तो गर्छ, त्यो हेर्न बाँकी नै छ ।

सुरुआतमा यस किसिमका जुम्ल्याहा केवल अत्याधुनिक घडी तथा कम्प्युटर मोडेलहरूको सङ्ग्रह मात्र थिए । यिनमा इन्टरनेट अफ थिन्ग्स हुन्थे (यिनीहरू भौतिक वस्तुलाई जोड्नका लागि सेन्सरको प्रयोग गर्थे) ।

यसको मतलब यो हो कि तपाईं डिजिटल यस्तो वस्तु बनाउन सक्नुहुन्छ, जो मूल यानिकी असली वस्तुसँग लगातार सिकिरहेको हुनेछ र त्यसलाई राम्रो बनाउन मदत पनि गरिरहेको हुनेछ ।

चाँडै नै मान्छेको डिजिटल जुम्ल्याहा तयार हुनेछ

टेक्नोलोजी एनालिस्ट रब एन्ड्रेलेका अनुसार यो दशक सकिनु अघि नै मान्छेको डिजिटल जुम्ल्याहा हुनेछ, जसले सोच्न सक्नेछ । उनी भन्छन् “तर यी चिजलाई अगाडी ल्याउनु अघि धेरै सोच-विचार गर्नुपर्छ । यसमा नैतिकताका प्रश्न पनि जोडिएका हुनेछन् । जस्तै, सोच्न सक्ने हाम्रो डिजिटल जुम्ल्याहा रोजगारदाताहरूको लागि धेरै उपयोगी साबित हुन सक्छ ।“

सम्झनुहोस् तपाईंको कम्पनीले तपाईंको डिजिटल जुम्ल्याहा बनाएर भन्छ ‘सुन्नुहोस्, तपाईंको डिजिटल जुम्ल्याहा उपस्थित छ । हामीले यसलाई तलब पनि दिनु पर्दैन । त्यसो हुँदा हामीले तपाईंलाई जागिरमा किन राख्ने ?’

एन्ड्रेले भन्छन् कि आउने मेटाभर्सको जमानामा डिजिटल जुम्ल्याहाको अधिकारलाई लिएर एउटा ठुलो प्रश्न उठ्न सक्छ । उदाहरणका लागि, मेटा (पहिले फेसबुक)को भर्चुअल रियालिटी प्लेटफर्म, हरिजन वर्ल्ड्समा तपाई आफ्नो अवतारलाई आफ्नो अनुहार दिन सक्नु हुनेछ तर अहिले नै तपाई यसलाई प्रदान गर्न सक्षम हुनुहुने छैन किनभने यससँग सम्बन्धित प्रविधि अझै प्रारम्भिक चरणमा छ ।

कठिन बाटो तर आशा ठुलो

अक्स्फर्ड युनिभर्सिटीमा आर्टिफिसियल इन्टेलिजेन्सको सिनियर रिसर्च फेलो प्रोफेसर सेन्ड्रा वाचटर डिजिटल जुम्ल्याहाले उब्जाइरहेको चासोको बारेमा भन्छिन्, ‘यसले तपाईँलाई रोमाञ्चक साइन्स फिक्सनको सम्झना दिलाउँछ । तर अहिले यो कल्पनाको स्तरमा मात्रै रहेको छ । उनी भन्छिन्, ‘के कोही कानून स्कुलमा सफल हुन्छ ? बिरामी हुनेछ या अपराध गर्नेछ ? कसैको जीवनमा के हुन्छ त्यो मान्छेको स्वभाव र उसको पालनपोषणमा निर्भर हुनेछ । यो बहसको विषय हो । मान्छेहरूको जीवन कस्तो हुनेछ त्यो उनीहरूको राम्रो/नराम्रो भाग्य, साथी, परिवार, उनीहरूको सामाजिक,आर्थिक पृष्ठभूमि, पर्यावरण र उनीहरूको आफ्नो रोजाइमा निर्भर गर्नेछ ।’

उनी भन्छिन्, ‘कृत्रिम बुद्धिमत्ता अहिले यति परिपक्व भएको छैन, जसले मान्छेको जीवनको घट्नाका बारेमा पहिल्यै बताउन सकोस् । किनकि यिनीहरूसँग धेरै जटिलता जोडिएको छ ।’

त्यसैले हामीले डिजिटल जुम्ल्याहा बनाउने बाटोमा अहिले धेरै लामो यात्रा तय गर्नु छ । जबसम्म हामी मान्छेको सुरुदेखि अन्त्यसम्मको जीवनलाई बुझेर त्यसको मोडेल बनाउँदैनौ, तबसम्म यो सम्भव हुँदैन । यसमा पनि हामीले यसको अन्दाज लगाउनु पर्छ कि मान्छेको व्यक्तिगत जीवनमा के-के हुनसक्छ ।

त्यसैले अहिले डिजिटल जुम्ल्याहा तयार गर्ने काम डिजाइनिङ, डिस्ट्रीब्यूसन र सहरी नियोजन (अर्बन प्लानिङ)मा नै सबैभन्दा धेरै र राम्रो तरिकाले हुँदैछ । उदाहरणको रूपमा फर्मुला बन्यो कि अघि बढ्यो भन्ने छ ।  म्याकलरेन र रेड बुलको समूहले आफ्नो रेसिङ कारको डिजिटल प्रतिलिपिको प्रयोग गर्छन् । वरिष्ठ डेलिभरी कम्पनी डीएचएलले आफ्नो गोदाम र सप्लाई चेनको एक डिजिटल म्याप तयार गरिरहेको छ । ताकी उनीहरू आफ्नो काम अझै सहज ढङ्गले गर्न सकुन् । अहिले हाम्रो सहर द्रूत गतिमा डिजिटल संसारमा परिवर्तन भइरहेको छ । सांघाई र सिंगापुर दुवै सहरको डिजिटल प्रतिलिपि छ । यिनलाई भवन, यातायात प्रणाली र गल्लीको डिजाइनमा सुधार र परिचालन गर्नका लागि बनाइएको हो । सिंगापुरमा डिजिटल प्रतिलिपिको एक काम मान्छेहरूलाई बाटो देखाउनु हो र ताकी उनीहरूले प्रदूषणले घेरिएको ठाउँ पार गर्दा बाटो परिवर्तन गर्न सकुन् । अन्य ठाउँमा यो टेक्नोलोजीको प्रयोग अन्डरग्राउन्ड लाइन्स जस्तै नयाँ इन्फ्रास्ट्रक्चर सञ्चार गर्न हुनेछ । मध्यपूर्वको देशमा नयाँ सहर, वास्तविक संसार र डिजिटल संसार दुवै ठाउँ बनाइदैछ ।

फ्रेन्च सफ्टवेयर कम्पनी दसा सिस्टमको भन्नु छ कि यस्ता हजारौँ कम्पनी छन्, जसले डिजिटल प्रतिलिपिलाई चाखलाग्दो देखाइरहेका छन् । यी कम्पनी पनि यो दिशामा काम गरिरहेका छन् र यसले डिजिटल प्रतिलिपि टेक्नोलोजी मार्फत एक हेयर केयर कम्पनीलाई धेरै दिनसम्म चल्ने स्याम्फूको बोतलको डिजिटल डिजाइन गर्न मदत गरेको छ । यसका लागि वास्तविक प्रोटोटाइप बनाइएन । सारा काम डिजिटल भएको छ । यानिकि यसबाट यसमा प्रयोग हुने कच्चा पदार्थ बच्यो ।

यो कम्पनीले अर्को कुनै कम्पनीलाई उनीहरूको फ्यूचरिस्टिक प्रोजेक्ट डिजाइन गर्न पनि मदत गरिरहेको छ । यसमा जेटप्याकदेखि लिएर यस्तो मोटरसाइकल छन् जसमा फ्लोटिंग ह्विल लागेका छन् । यस्ता कार बनाउने तयारीमा मदत गरिँदैछ, जो उड्न सकुन् । सबैको भौतिक प्रोटोटाइप पनि बनाइएको छ तर सुरुआती मोडेल डिजिटल स्पेसमा नै बनाइदैछ ।

स्वास्थ्य सेवा क्षेत्रमा डिजिटल प्रतिलिपिको महत्त्व

तर डिजिटल प्रतिलिपिको सबैभन्दा धेरै महत्त्व स्वास्थ्य सेवा क्षेत्रमा देखि राखिएको छ । दसाको लिभिङ हर्ट प्रोजेक्टले मान्छेको मुटुको एकदम मिल्दोजुल्दो भर्चुअल मोडेल तयार गरेको छ । यसको परीक्षण र विश्लेषण गर्न सकिन्छ । यसले हृदय शल्य चिकित्सकलाई पनि प्रयोग गर्न अनुमति दिन्छ । शल्य चिकित्सकले विभिन्न परिस्थिति कल्पना गरेर सबै किसिमको प्रक्रियालाई मेडिकल डिभाइसमार्फत प्रयोग गर्न सक्नेछन्।

यो परियोजना डा. स्टिव लेविनको परिकल्पना थियो । डिजिटल प्रतिलिपि सिर्जना गर्नु पछाडिको उनको निजी कारण थियो । उनको छोरीलाई जन्मनासाथ हृदयसँग सम्बन्धित समस्या थियो । जब उनी आफ्नो उमेरको दोस्रो दशकको अन्त्यमा थिइन् र हृदयाघातको खतरासँग लडिरहेकी थिइन् तब उनले भर्चुअल रूपमा उनको हृदय बनाउने निर्णय लिए । बोस्टन चिल्ड्रेन हस्पिटल अब यस टेक्नोलोजीको प्रयोग गरेर वास्तविक हृदय रोगीको हृदयको स्थिति थाहा पाउन गर्छ । जबकि लन्डनमा ग्रेट आरमोड स्ट्रिट हस्पिटलमा इन्जिनियरको एक समूह क्लिनिक कर्मीहरूसँग मिलेर टेस्टका लागि प्रयोग हुने खालको यस्तो डिभाइसमा काम गर्दैछ, जसले बच्चामा हुने दुर्लभ हृदयको रोगविरुद्ध मदत गर्न सक्नेछ ।

दसामा ग्लोबल अफेयर्सकी डाइरेक्टर सेवरिन ट्रोइ भन्छिन् कि डिजिटल हृदयमा गरिने प्रयोगबाट एक फाइदा यो भएको छ की यसबाट जनावरमा गरिने प्रयोगबाट उनीहरू बच्नेछन् । वैज्ञानिक प्रयोगका लागि जनावरको प्रयोग एक विवादास्पद पक्ष रहेको छ । अब यो कम्पनी अझै धेरै अङ्गको प्रतिलिपि बनाउने योजना बनाइरहेको छ । यसमा मान्छेको आँखा र मस्तिष्क पनि पर्छ ।

उनी भन्छिन् “कुनै न कुनै समय हामी सबैको डिजिटल प्रतिलिपि हुनेछ ताकी तपाई डाक्टर समक्ष गएर द्रुतगतिमा बिरामीको रोकथामका लागि दवाई बनाउन सकियोस् । साथै यो सुनिश्चित गर्न सकियोस् कि हरेकको उपचार निजिकृत होस् ।

डिजिटल प्रतिलिपि टेक्नोलोजीको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना

यो टेक्नोलोजीको एउटा अझै महत्त्वाकाङ्क्षी परियोजना छ । यसअन्तर्गत यो योजना बनिरहेको छ की सारा संसारकै डिजिटल भर्सन बनाइयोस् । अमेरिकी सफ्टवेयर फर्म एनविडीयाले एक प्लेटफर्म चलाउँछ, जसलाई ओम्नीभर्स भनिन्छ । यसलाई भर्चुअल संसार र डिजिटल प्रतिलिपि बनाउनका लागि डिजाइन गरिएको छ ।

यसको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजनामध्ये एक हो डिजिटल संसारमा पृथ्वीको नक्कल गर्नु हो । यसलाई अर्थ-२ यानिकी पृथ्वी-२ भनिँदैछ । यसमा गहिरो अध्ययन मोडल र न्युरल नेटवर्क्सको प्रयोग गरिनेछ ताकी यो पृथ्वीको पर्यावरण जस्तै पर्यावरण डिजिटल स्पेसमा बनाउन सकोस् र जलवायु परिवर्तनको समस्याको समाधान निकाल्न सकियोस् ।

यो वर्ष मार्चमा युरोपियन कमिसनले युरोपियन स्पेस एजेन्सी र केही अरू सङ्गठनसँग मिलेर घोषणा गरेको थियो कि उनीहरूले पृथ्वीको डिजिटल प्रतिलिपि बनाउनेछन् । यसलाई डेस्टिनेसन अर्थ भनियो ।

यी सङ्गठनलाई आशा छ कि २०२४ को अन्त्यसम्म उनीहरूसँग पृथ्वीको वास्तविक परिस्थिति र सिम्युलेशनमार्फत यति पर्याप्त डाटा हुनेछ कि उनीहरू डिजिटल प्रतिलिपि बनाउन सकुन् । जसले बाढी, खडेरी, लू र भूकम्प जस्ता प्राकृतिक विपद्सँग जुझ्नमा ध्यान दिन सकियोस् । ज्वालामुखी फुट्ने, सुनामी आउने कुरा जान्न सकियोस् र ती देशलाई यस्ता समस्यासँग जुझ्न मदत गर्न सकियोस्, यी लगातार त्यसको सामना गरिरहेका छन् ।

सम्बन्धित समाचार