एजेन्सी – संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको छ ।
उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए । “राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल-नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,” आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।