काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन् । हिजो साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन् ।
जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए । बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको हो ।