मंगलबार , मंग्सिर ४, २०८१

कविशिरोमणि लेखनाथ पौड्यालको प्रसिद्ध ‘दशैं’ कविता

image

  • लेखनाथ पौड्याल

हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।

जता जाऊँ उतै भन्छन् दशैं आयो दशैं आयो ।
यही आनन्दले सबै संकट बिर्सायो ।।

ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ ।
चलेका चाडमा यही ज्यादा उत्कृष्ठ हाम्रो छ ।।

सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग ।
सबैको देखिने आयो उज्यालो चेहरा रंग ।

Tags:

सम्बन्धित समाचार